सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे, त्यहा मानिसहरुले उनलाई घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ त टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ दिन्थे । मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनको पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बढो कठोर स्वभावकी थिइन् । बिना कारण नै सुकरात सँग झगडा गरी रहन्थिइन ।
सुकरात बडो शान्त भावले उनको कुरा सुनिरहन्थे। जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन् तव सुकराज बाहिर जान लागे । यो देखेर उनकी पत्नीको रिस पनि बढ्यो ।
छेउमा चिसो फोहाृर पानीले भरीएको बाल्टि राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिर देखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो, तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएको छैन ।
केही क्षणपछि मुस्कुराउदै शान्त भावमा सुकरातले भने “यति ठूलो गर्जन पछि त वर्षा त हुनु नै थियो।” सुकरातको यस्तो व्यवहार देखे पछि उनकी श्रीमतीलाई आफै पछुतो भयो।
शिक्षाः कहिलेकाँही सहनशीलताले पनि नसोचेको परिमाण ल्याउँछ ।