थोमस एल्बा एडिसन (जीवनी)

भाग – १

एउटा बालक, ७ वर्षको हुदाँ पढाइका लागि विद्यालयमा भर्ना भए। तर उनी थिए, जब्बर । हरेक कुरा आफूले जाँचेर नहेरी कुनै कुरा मान्न तयार नहुने । उनी सबै शिक्षकका अगाडि पटमूर्ख र मूर्ख बुद्धिका बालकमा दरिए । हुँदाहुँदै पढेको ३ महिनामात्रै भएको थियो, उनलाई एक शिक्षकले, तँ जस्तो तठुवा अरु कोही छैन । तेरो बुद्धि नै छैन भनेर हकारे। उनी धुरुधुरु रुँदै घर फर्के र आमालाई भने । आमा रिसले आगो भइन्, यस्तो विद्यालयले मेरो छोरालाई पढाउन सक्तैन । उनी घर फर्किन् र छोरालाई आफै पढाउन थालिन् ।

   हो, तर बालक अरु कोही थिएनन्, उनी थिए थोमस एब्बा एडिसन । उनको जन्म अमेरिकाको मिलानस्थित ओहियोमा एक गरिब परिवारमा डच बाबु र स्कटिस आमाको कोखबाट भएको थियो । 

      पढाइमा कमजोर र मन्द बुद्धि भएका कारण ३ महिनामै स्कुलबाट निस्काषित भएपछि उनको औपचारिक शिक्षाको यात्रा कम टुङ्गियो । आमा शिक्षिका भएकीले उनले घरमै प्रारम्भिक शिक्षा दिइन् । उनी सानै देखि साह्रै  जिज्ञासु थिए। कुखुराले बच्चा कोरल्दा छक्क पर्थे । एक दिन आफै ओथारो बसे ।

    उनी सानै देखि वैज्ञानिक प्रयोग रुचाउँथे । सानै उमेरमा उनी रेलमा अखबार चक्लेट, बिस्कुट, साग, आदि बेच्थे । त्यसबाट उठेको पैसाले किताब, टेस्टट्युब , बोतल बिजुलीका तार किन्थे र नयाँ नयाँ प्रयोग गर्थे । अमेरिकाको पोटहुरोन देखि डेट्रायटसम्म चल्ने रेलमा बाह्र वर्षको उमेरदेखि उनले पत्रिका बेचे । बिस्तारै एक छपाइ मेसिन किनेर रेलगाडीमै ‘द ग्रान्ड ट्रङ्क हेरान्ड’ नामक साप्ताहिक पत्रिका पैकाशन गर्ने शुरु गरे । उक्त पत्रिका रेलगाडीमा निस्केको विश्वको पहिलो थियो । तर एक दिन एक जना व्यक्तिले आफ्ना बारेमा नराम्रो कुरा छाप्यो भनेर उनलाई छोपेर नदीमा फ्याँकिदिए । त्यसपछि पत्रिका प्रकाशनको काम बन्द गरेर त्यहीँ एउटा सानो प्रयोगशाला खोले । फुर्सदमा उनी परिक्षण गर्थे । पत्रिका बेचेको पैसाले आवश्यक सामान जुटाउँथे ।  

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com