‘ह्रस्व दीर्घ’को पोस्टर सार्वजनिक

  • फिल्म ‘ह्रस्व दीर्घ’ले अभिनेत्री नीता ढुंगानाको पात्रको लुक दर्शाउने पोस्टर सार्वजनिक गरेको छ । मंगलबार नेपाली र तेलुगू संस्करणका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
  • पोस्टरमा ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ । नीता हातमा बज्र लिएर उभिएकी छन् । पोस्टरमा कलाकारहरु ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।
  • असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिचर हो ।
  • ‘ह्स्वदीर्घ’मा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रदीप रावत, कवीर दुहान सिंहको समेत अभिनय छ । 
  • नेपाल र भारतमा छायांकन गरिएको फिल्मलाई मित्र गुरुङले सम्पादन, रामजी लामिछाने र बलिउडकी सुस्मा सुमनको डान्स कोरियोग्राफी छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com