प्रेरक कथा (छुट्ने बेलाको आदर)

एक पटक एक चित्रकार सम्राट नेपोलियनकोमा गए। नेपोलियनले ति चित्रकारले फोहोर मैलो लुगाा लगाएको देखेर उनको आदर गरेनन् र उनलाई एकातिर अलि टाढा बस्ने आदेश दिए । पछि कुराकानी गरेर थाहा पाए उनी बडो कुशल चित्रकार हुन् । केही समय पछि चित्रकार जान लागे तब नेपोलियन आफै उठे र उनीसग हात मिलाए । साथै उनी ति चित्रकारलाई ढोकासम्म पुर्याउन गए ।
यस प्रकारको सत्कार देखेर चित्रकारलाई बडो आश्चर्य लाग्यो । उनले डराउदै डराउदै संम्राट नेपोलियनसँग सोधे, जब म भित्र आएको थिए तब तपाई छेउमा बस्न समेत दिनुभएन । अब जाने बेलाम तपाई मलाई यहाँसम्म पुर्याउन आउनुभएको छ यसको कारण के हो ।
नेपोलियनले मुस्कुराउदै भने, आउने बेलामा जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक देखेर गरिन्छ । तर जाने बेलामा जुन आदर गरिन्छ ,त्यो उसको गुण देखेर गरिन्छ

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com