- ‘बाहुबली’ फेम्ड चर्चित दक्षिण भारतीय अभिनेता सत्यराजले सलमान खान स्टारर ‘सिकन्दर’मा अभिनय गर्ने भएका छन् । यो फिल्ममा उनी भिलेनको भूमिकामा जोडिएको जनाइएको छ ।
- सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निर्वाह गरेका थिए । अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गर्न लागिएको बताए ।
- यो फिल्मलाई ‘गजनी’ र ‘होलिडे’जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।
- निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
सल्मान खानको नयाँ फिल्ममा बाहुबलीका कटप्पा भिलेन बन्दै