सुनबाट निर्माण गरिएको विश्वको पहिलो होटल भियतनामको राजधानी हनोइमा खुलेको छ । उक्त होटलको विशेषता भनेको हरेक चीज सुनबाट लेपन गरिनु हो ।
होटलको नाम डोल्से हनाई गोल्डेन लेक हो । यी २५ तले ५ स्टार होटलमा ४ सयवटा कोठाहरु छन् भने होटलको बाहीरी भित्तामा २४ हजार वर्ग फिटमा सुन लेपन गरिएका टायल लगाइएको छ ।
होटलमा प्रयोग गरिने फर्निचर तथा अन्य साजसज्जाका सामानहरु, बेडरुम, बाथरुम, सिंक तथा सावर लगायका सबै सामानहरुमा सुनको लेपन गरिएको छ । साथै होटलमा खाना खाने प्लेट देखि लिएर कप सम्मका भाडाहरुमा पनि सुनको लेपन गरिएका छन् । यतिमात्र नभई पूरै होटल नै स्वर्णमय देखिन्छ ।
कर्मचारीहरुको पहिरनमा समेत रातो तथा सुनौलो रंगको लगाउँछन् । होटलको छतमा इन्फिनिटी पुल बनाइएको इटाहरुमा पनि सुनको लेपन गरिएको छ ।डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा भएको थियो । यो होटलमा रात बिताउन एक रातको न्यूनतम शुल्क ३२ हजार रुपैया बराबरको रकम बुझाउनु पर्छ । डबल बेडको लागि भने एक रातको १ लाख १२ हजार रुपैया तिर्नु पर्छ ।
होटलमा कल ६ प्रकारका कोठाहरु ६ खाले सुइटहरु छन् । होटलको सबै भन्दा मंहगो सुइटको रुपमा रहेको प्रेसिडेन्सिअल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैया बराबरको रकम तिर्नुपर्छ ।
रोचक संसार (विश्वको सबैभन्दा पहिलो सुनको होटल)