प्रेरक कथा (अवसर)

एउटा सानो फुच्चे आफ्नो बुवासँग सुपर मार्केटमा घुम्न गयो । प्रायः केटाकेटीलाई खेलाउने निकै मन पर्छ । त्यसैले उसको बुबाले उसलाई खेलौना राखेको सेक्सनमा लगे । बच्चा थुप्रै खेलौनाहरु देखेर निकै खुसी भयो । उसले त्यहाँ भएको एउटा कार किन्ने इच्छा गर्‍यो । बुबाले पनि उसको खुसीका लागि हुन्छ भने । त्यसपछि फुच्चेले कार बोक्यो । अलिकति पर पुगेपछि उसले रिमोट कन्ट्रोल हेलीकोप्टर देख्यो र कारको सट्टा हेलीकोप्टर किन्ने इच्छा व्यक्त गर्‍यो । उसको बुबा हतारमा थिए र भने जे किन्ने हो छिटो लिएर हिँड । उसको कार त्यही राखेर हेलिकोप्टर टिप्यो । अलिकति पर पुग्ना साथ बच्चाले भिडियो गेम देखयो हेलिकोप्टरका सट्टा भिडियो गेम किन्ने इच्छा गर्‍यो । त्यसपछि उसको बुबाले भने जे किन्ने हो राम्रोसँग सोचेर किन किनकि पसल बन्द हुन आँट्यो र छिटो गर । तयस पछि बच्चा फेरि यताउता कुदेर अरु खेलौना हेर्न थाल्यो । त्यस बेला सुपरमार्केटको बत्ती निभ्यो र सुपर मार्केट बन्द गरिएको घोषणा भयो ।
शिक्षाः हामी सबै त्यही बच्चा जस्तै हो र यो संसार सुपर मार्केट जस्तै हो। हामी पनि अन्त्यमा बच्चा जस्तै खाली हात रहन पुग्छौ । हामी सधै निर्णय लिन डराउँछौ र समय बितेपछि पछुताउछौ ।।।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com