- पढ्दा सबैभन्दा धेरै काम आँखाको हुन्छ । त्यसैले पढ्दा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।
- पढ्दा खेरि कमर अड्याएर सुतेको अवस्थामा नपढ्नुहोस् । अथवा सुतेर किताब आफू माथि पारेर नपढ्नुहोस् । यसरी पढ्दा आँखालाई प्रभाव पार्छ ।
- किताब र आँखाको बिचको दुरि २५ से.मी. हुनुपर्छ ।
- पढ्दा आवश्यक उज्यालो हुनुपर्छ । हल्का अध्यारोमा पढ्ने कोसिस नगर्नुहोस् ।
- गुडिरहेको बसमा किताब नपढ्नुहोस् ।
- पढ्दा खेरि आँखा झप्काउन नछोड्नुहोस् । धेरै बेर सम्म आँखा नझप्काउँदा आँशु सुक्छ र आँखा पिरो हुने तथा चिलाउने हुन्छ ।
- यदि तपाई लगातार पढिरहनु हुन्छ भने बिच बिचमा ५, १० मिनेट पढाई रोकेर आराम गर्नुहोस् ।
- टाढाको वस्तुलाई टार्गेट बनाएर त्यसलाई हेरिरहनु होस् । यसबाट आँखाको क्षमतामा वृद्धि हुन्छ ।.
पढ्दा ध्यान दिनुपर्ने कुराहरु