प्रेरक कथा (साँचो खुसी)

एउटा व्यक्ति आफ्नो जीवन देखि दिक्क भएर आफ्नो गुरु कहाँ गयो र भन्यो, ‘तपाईले मलाई भन्नु भएको थियो कि मेहनत र लगनले काम गर, सफलता प्राप्त हुनेछ । म पनि मेहनत र लगनका साथ काम गर्छु र सफल पनि भएको छु ,तर पनि मेरो मन खुसी छैन । मेरो छोरा ठुलो स्कुलमा पढ्छ, मैले ठुलो महल बनाएको छु तर पनि म सुखी छुइन । म सुखी नहुनको के कारण छ ? कृपया मलाई बताई दिनुहोस् ।’
त्यस व्यक्तिको कुरा सुनेर गुरु आफ्नो कुटीमा पसे र त्यहाँबाट ३ वटा बल लिएर आए । तीन वटै बल बेग्ला बेग्लै कुराले बनेको थियो । एउटा बल माटोले, अर्को बल सिसाले र तेस्रो बल रबरले बनेको थियो । गुरुले तीन वटै बल व्यक्तिलाई समाउन दिई हावामा उफार्दै समाउन भने । उसले गुरुले भने जस्तै गर्‍यो । तर एक पटक भने उसको सन्तुलन बिग्रियो र उसले माटो र सिसाको बल त समात्यो, तर रबरको बललाई झारी दियो । यदि उसले तीन वटै बल समात्ने प्रयास गरेको थियो भने पनि एउटा बल अवश्य भूँईमा झथ्र्यो । व्यक्तिले रबरको बल भूँईमा झारेको देखि गुरुले मुस्कुराउदै भने ‘तिमीले किन रबरको बल नै भूँईमा झार्‍यौ ? सिसा र माटोको किन झारेनौ ?’ व्यक्तिले भन्यो, ‘माटोले बनिएको बल सबैभन्दा मूल्यवान् थियो र सिसाको बल भूँईमा झरेको भए फुट्थ्यो । तर रबरको बल भूँईमा झरे पनि केही हुँदैनथ्यो । त्यही भएर मैले रबरको बल भूँईमा झारे ।’गुरुले व्यक्तिको कुरा सुने पछि भने, ‘तिमीले आफै आफ्नो समस्याको समाधान गरी सक्यौ । सिसाको बल भनेको तिम्रो जीवनको काम, पैसा, धन सम्पत्ति हो भने रबरको बल भनेको ती सबै महँगा तथा अनावश्यक वस्तुहरू, जुन बिना पनि तिमी खुसी रहन सक्छौ । तिमीले तिम्रो जीवनमा रबर र सिसाको बल दुवै प्राप्त गर्‍यौ तर तिमीले माटोको बल अर्थात् आफ्नो परिवारमा त्यति ध्यान दिएन त्यसैले तिमी त्यति खुसी छैनौ । हरेक व्यक्तिका लागि परिवार सबैभन्दा महत्वपूर्ण हुन्छ । जुन व्यक्तिको साँचो खुसी हो ।’
शिक्षाः काम र पैसाको पछाडि यति धेरै नकुद्नु होस् कि आफन्त तथा परिवारका लागि समय नै दिन नसकियोस् । वास्तवमा परिवारसँग बिताएको सुखद पलहरू भन्दा मूल्यवान् अरू केही छैन । ।।।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com