प्रभासको नयाँ फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक

  • प्रभास स्टारर प्रतिक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ । नाग अश्विन निर्देशित फिल्मलाई भीएफएक्सले भरिपूर्ण बनाइएको छ ।
  • भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ । फिल्ममा दीपिका पादुकोण पदमा नामकी गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ ।
  • अन्धकार र उज्यालोको संघर्ष देखाइएको कथामा भैरवको रूपमा प्रभास देखिएका छन् । अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन् ।
  • कमाण्डर मानसका अनुसार भैरवले पदमासँग लड्ने कि उनलाई सहयोग गर्ने, ट्रेलरमा देखाइएको कथा यही हो । ट्रेलरमा प्रभासको क्यारेक्टर निकै बलियो देखाइएको छ, यद्यपि उनको हास्यास्पद संवादले दर्शकलाई कहिलेकाहीँ अलमलमा पार्न सक्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com