वैवाहिक सम्बन्ध गाँसिएको ४,५ वर्ष पछि नै दम्पतीहरु आफूलाई परिपक्व भएको ठान्छन् । उनीहरुको एक आपसको आकर्षणमा कमि आईरहेको महसुस गर्न थाल्छन् । जसले गर्दा वैवाहिक जीवन व्यस्त हुनुका साथै बोरिङ हुन्छ । यसको
नकारात्मक प्रभाव वैवाहिक जीवनमा पर्न सक्छ जस्तैः श्रीमान् वा श्रीमतीको अरुसँग अफेयर हुने, झैझगडा भइरहने आदि । यस्ता समस्याबाट श्रीमान् श्रीमती दुवै सचेत हुनुपर्छ र वैवाहिक जीवनलाई सँधै खुशियालीमा परिणत गर्ने कोशिश गर्नुपर्छ । यसका लागि श्रीमान् श्रीमति दुवैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ ।
- श्रीमानले श्रीमतीका लागि गर्नुपर्ने कार्यहरु
- आफ्नो श्रीमतीलाई काममा भएको बेला एस एम एस पठाउनुहोस् जसले उनलाई तपाईको सामिप्यता महसुस गराओस्
- बिदाको बेला कहिले काहि उनलाई खाना पकाएर खुवाउनुहोस् ।
- दैनिक खाना खाईसके पछि भाँडा पखाल्न वा अन्य साना तिना कार्यमा सघाउँने गर्नुपर्छ ।
- उनलाई घरमा बोलाउने एउटा प्यारो नाम दिनुहोस् ।
- उनको जन्मदिन तथा वेडिङ एनिभर्सरीको दिनलाई सम्झनका लागि क्यालेन्डरमा चिन्ह लगाउनुहोस् र त्यस दिन उनलाई विश गर्नुहोस् ।
- उनी दुःखी भएको बेला उनको कुरा राम्ररी सुन्ने गर्नुहोस्,
- कहिले काहि बाहिर घुम्न, फिल्म हेर्न तथा रेष्टुरेण्टमा खाना खुवाउन लैजानुहोस् । यस किसिमका कार्यबाट एक किसिमको खुशि मिल्छ ।
- उनी घरको काममा व्यस्त भएको बेला नानीहरुलाई पढाउने,नुहाइदिने तथा कथा सुनाउने कार्य गरेर उनलाई सघाउन सकिन्छ ।उनलाई कहिलेकाहि फुल तथा साना साना उपहारहरु दिने गर्नुृपर्छ ।
- उनका साना साना निर्णयहरुमा आफूलाई विश्वास राख्नुपर्छ ।