प्रेरक कथा (संगत)

२ वटा सुँगाहरु सँगै हुर्किए । ठूलो भईसकेपछि एकदिन हुरिबतासले गर्दा उनीहरु छुट्टिए । एउटा सुँगा चोरहरुको बस्तीमा पूग्यो र अर्को ऋषिहरुको आश्रममा पूग्यो । एक दिन त्यस देशका राजा शिकार गर्न हिडे । उनी चोरहरुको बस्ती नजिकैको पोखरी छेउमा बसी आराम गर्न थाले । यतिकैमा कसैको बोली सुनेर उनको तन्द्रा भङ्ग भयो । एउटा सुँगा कराउँदै थियो कि ‘यहाँ कोहि छ, उसको गलामा हिरा र मोतीको माला छ । यसको घाँटी थिचेर माला निकाल र लाशलाई जंगलमा लगेर गाड ।’ सुँगाको त्यस्तो बोली सुनेर राजा त्यहाँबाट हिडे।
केहि क्षण पछि उनी ऋषिको आश्रममा पूगे । राजा आश्रम भित्र गए । त्यहाँ एउटा सुँगाले ‘महोदय, आउनुहोस् , तिर्खा लागेको छ भने चिसो पानी पिउनुहोस् र भोक लागेको छ भने फलफुल खानुहोस्’ भन्यो । राजाले विचार गरे कि त्यस सुँगाको रंगरुप उँहि चोरको बस्तीको सुँगा जस्तै थियो । राजाले ऋषिलाई सम्पूर्ण कुराहरु सुनाए । तब ऋषिले भने ‘यो संगतको असर हो, महाराज,यसको प्रभावबाट पशुपंक्षी पनि बच्न सकेका छैनन् । अनि म तिमीलाई खानेकुरा दिन्छु ।’

                      त्यस पछि ति माग्ने महिलाले भाँडा माझिन् रखानेकुरा लिएर गइन् । अर्को दिन फेरि ती माग्ने महिला आइन् र भनिन् ‘दिदि म सँग लगाउने लुगा छैन, केहि दिनुहोस् न धनी महिलाले भनिन् भित्र केहि मैला लुगाहरु छन् त्यो धोइदेउ अनि म तिमीलाई कपडा दिन्छु, ती माग्ने महिलाले लुगा धोइ दिएर लगाउने लुगा लिएर गइन् । त्यस पछिका दिनहरुमा ती माग्ने महिला दिनहुँ धनी महिलाकोमा जान्थीन् र केहि काम गरेपछि मात्र केहि पाउँथीन् । 
                      एकदिन ति माग्ने महिलाले सोधीन् दिदि तपाईको घरमा थुप्रै नोकरहरु छन् । तर पनि किन तपाई मलाई काम लगाउनु हुन्छ । त्यसपछि धनी महिलाले भनिन् । मैले तिमीलाई काम लगाउनुको अर्थ तिमीलाई तिम्रो मेहनतको कमाई मिलोस् भिक्षा होइन, त्यसैले तिमीलाई काम लगाएको हो । त्यो कुरा सुनेर ती माग्ने महिलाको विचार परिवर्तन भयो । त्यसपछिका दिनहरुमा उनले माग्न छोडी मेहनत गर्न थालिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com