Skip to content
- यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।
- कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ।
- जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।
- जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।
- अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।
- त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ।पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन।
- क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
- स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।
- आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।
- ६ प्रकारका व्यक्ति सधै दुस्खी हुन्छन्,इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने।
- एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर ।