- प्र्राचिन कालमा एक राजा थिए । उनले गरिब दुःखीलाई दान दिने एक नियम बनाएका थिए कि अनेकौ माग्नेहरुलाई दान दिएर मात्र उनी भोजन ग्रहण गर्थे । एक दिन एका विहानै एउटा सन्यासी आफ्नो सानो कमण्डलु लिएर राजाको ढोकामा आएर उभियो र राजासँग भन्यो
- ‘महाराज संभव छ भने मेरो यस कमण्डलुमा केही हालीदिनुु होस् ।’ सन्यासीको अनुरोध पछि राजाले आफ्ना दासहरुलाई सन्यासीको कमण्डलु सुनको सिक्काले भरिदिन भने । जसै सुनको सिक्काहरु कमण्डलुमा हालियो । त्यो गायब भएर गयो । यस्तो बारम्बार भयो । राजाको सम्पूर्ण भण्डार रितियो । अन्त्यमा राजाले हार मानेर सन्यासी छेउ बिन्ति गरे । ‘मलाई क्षमा गर्नुहोस्, मलाई लागेको थियो कि मेरो दरबारबाट कोही पनि खालि हात फर्किने छैन । अब मलाई यस कमण्डलुको रहस्य बताउनुहोस्, यो किन भरिदैन ?’ सन्यासीले भने ‘यो कमण्डलु मानिसको हृदय जस्तै हो । यस संसारको कुनै पनि वस्तुले मानिसको हृदय भर्न सक्दैन । मानिसको जतिसुकै नाम, यश, शक्ति, धन, सौन्दर्य र सु्ख प्राप्त गरे पनि सँधै अतिक्ति माग गरिरहेको हुन्छ । केवल इश्वरीय प्रेमले मात्र भर्न सक्छ
प्रेरक कथा (असन्तोष)