एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो।
इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १–० ले हराएपनि समग्रमा ३१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो।
वीर गणेशमान सिंह राष्ट्रिय टी(ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ।