- राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर ९राजा० शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
- सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।
- नेकपा माओवादी केन्द्रले चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।
- नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिएका छन् ।
राजनीति समाचार
 
			 
			 
			