धर्म (भगवान शिवको कृपा प्राप्त गर्न सोमबारका दिन गर्नुपर्ने कुराहरु)

यदि तपाईको काम भइरहेको छैन वा तपाईले कामका सफलता पाउनु भएको छैन भने तपाईले भगवान शिवको पूजा आराधाना गरेर काममा सफलता वा सहजता प्राप्त गर्न सक्नुहुन्छ । सबैलाई थाहा छ कि महादेव हिन्दू धर्ममा सबैभन्दा पहिले प्रसन्न हुने देवताको रुपमा मानिन्छन् । भगवान शिव आफ्ना भक्तहरुको भक्तिले धेरै खुसी हुनुहुन्छ, जसको कारणले उनका सबै कामहरु भाडै नै पूरा हुन्छन् ।
यदि तपाईले ती उपायहरु सच्चा मन र भक्ति सहित गर्नु भयो भने तपाईले चाँडै सफलता प्राप्त गर्नुहुनेछ र तपाईको सबै काम पूरा हुनेछ । निम्न उपायहरु अपनाई तपाईले आफ्नो भाग्य परिवर्तन गर्नुहुनेछ र सफलता पाउनुहुनेछ र धनको लाभ हुनेछ ः–
१. घर वा मन्दिरमा हरेक दिन पूजाको क्रममा भगवान शिवलाई दूधले स्नान र पूजा गर्नुपर्छ ।
२. प्रत्येक सोमबार भगवान हिशवको मन्दिरमा फूल र बेलपत्रहरु चढाउनुहोस् ।
३. प्रत्येक सोमबार गगांजलले भगवान शिवलाई अभिषेक गर्नूहोस्
४.पूजा गरेपछि ॐ नमः शिवायको जप गर्नुहोस् र शिवलाई मिठो फल चढाउनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com