- यदि कसैले चिन्ता लिदैंमा, रोईकराई गर्दैमा समस्या समाधान हुन्थ्यो भने सायदै संसारमा कोही हाँसिरहेका हुन्थे होला त्यसैले समस्या समाधानको दिशामा सानै कोशिस गर्नुमा नै बुद्धिमता हुनेछ
- जितको रोमान्चकता भन्दा हारको डरलाई कहिल्यै हावी हुन नदिनुस्
- तपाईसँग भएका कुराहरु अरुहरुसित पनि हुन सक्छ‘ तर तपाई जस्तो अरु कोही पनि हुन सक्दैन
- मेरो लक्ष्य अरुहरु भन्दा राम्रो गर्दै जानु होइन, बरु आफ्नो पहिले भन्दा अहिले धेरै राम्रो हुँदै जानु हो
- यदि छिटो छिटो सफल हुनु छ भने दुई गुणा छिटो गल्ती गर्न सक्नु पर्ने हुन्छ
- सम्पूर्ण रुपमा खुशी हुन चाहनुहुन्छ भने खुशीलाई अरुसँग पनि बाँड्नु पर्ने हुन्छ
- जबसम्म हामीले आफु भित्रै सन्तुष्टि खोज्न सक्दैनौ, अरु ठाउमा खोज्नु व्यर्थ हुन्छ
- जब तपाई आफुले गर्दै आएको कामलाई न्यून मुल्यांकन गर्नु हुन्छ, तब यो संसारले पनि तपाई स्वयमलाई न्यून मुल्यांकन गरि दिन्छ
- झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ ‘”जब हामीले परिस्थितिलाई कुनै पनि हालतमा बदल्न असमर्थ हुन्छौं, हामीले आफैलाई परिवर्तन गर्ने कोशिस गर्नु पर्छ
- आफ्नो शत्रुसित बदला लिने सबै भन्दा उत्कृष्ट र प्रभावकारी तरिका हो — धेरै भन्दा धेरै ख़ुशी हुनु
सकारात्मक ज्ञानमञ्च