यदि कसैले चिन्ता लिदैंमा, रोईकराई गर्दैमा समस्या समाधान हुन्थ्यो भने सायदै संसारमा कोही हाँसिरहेका हुन्थे होला त्यसैले समस्या समाधानको दिशामा सानै कोशिस गर्नुमा नै बुद्धिमता हुनेछ
जितको रोमान्चकता भन्दा हारको डरलाई कहिल्यै हावी हुन नदिनुस्
तपाईसँग भएका कुराहरु अरुहरुसित पनि हुन सक्छ‘ तर तपाई जस्तो अरु कोही पनि हुन सक्दैन
मेरो लक्ष्य अरुहरु भन्दा राम्रो गर्दै जानु होइन, बरु आफ्नो पहिले भन्दा अहिले धेरै राम्रो हुँदै जानु हो
यदि छिटो छिटो सफल हुनु छ भने दुई गुणा छिटो गल्ती गर्न सक्नु पर्ने हुन्छ
सम्पूर्ण रुपमा खुशी हुन चाहनुहुन्छ भने खुशीलाई अरुसँग पनि बाँड्नु पर्ने हुन्छ
जबसम्म हामीले आफु भित्रै सन्तुष्टि खोज्न सक्दैनौ, अरु ठाउमा खोज्नु व्यर्थ हुन्छ
जब तपाई आफुले गर्दै आएको कामलाई न्यून मुल्यांकन गर्नु हुन्छ, तब यो संसारले पनि तपाई स्वयमलाई न्यून मुल्यांकन गरि दिन्छ
झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ ‘”जब हामीले परिस्थितिलाई कुनै पनि हालतमा बदल्न असमर्थ हुन्छौं, हामीले आफैलाई परिवर्तन गर्ने कोशिस गर्नु पर्छ
आफ्नो शत्रुसित बदला लिने सबै भन्दा उत्कृष्ट र प्रभावकारी तरिका हो — धेरै भन्दा धेरै ख़ुशी हुनु