बिजुली गाडीको बिक्री घट्ने चिन्ता

  • वर्षैपिच्छे कर वृद्धि हुँदा बिजुली गाडीको बिक्री घट्ने चिन्ता थपिएको छ ।
  • मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा विद्युतीय सवारीमा औसतमा १० प्रतिशतले कर बढेको देखिएको छ ।
  • सरकारले शून्यदेखि ५० किलोवाट क्षमताका गाडीमा ५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तःशुल्क बढाएको छ । 
  • त्यस्तै ५१ देखि १०० किलोवाट क्षमताका गाडीमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क बढेको छ ।
  • त्यसैगरी १०१ देखि २०० किलोवाट क्षमताका गाडीमा १० प्रतिशत भन्सार शुल्क बढ्याे तर अन्तःशुल्क भने बढाइएन ।
  • २०१ देखि ३०० किलोवाट क्षमताका गाडीमा २० प्रतिशतभन्दा शुल्क बढाइएको छ भने १० प्रतिशतले अन्त:शुल्क घटाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com