प्रेरक भनाई

  • क्षमा, दया, सरलता, पवित्रता र सत्यतामा रहनु भनेको अमृत पान गरे सरहको अवस्थामा पुग्नु हो । जुन मानिसमा यस्ता गुण हुन्छन् उनीहरूको भौतिक शरीर नरहे पनि यश र कीर्ति भने चिरकालसम्म स्थिर रहन्छ ।
  • जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।
  • संसारमा केही पनि आफैँमा असल र खराब हुँदैनन् । अपितु हामी आफ्नै विचारले नै तिनलाई असल र खराब बनाउने गर्छौँ ।
  • जसले प्रतिकुल परिस्थितिमा शत्रुलाई पनि सम्मान गर्न जानेको छ, सकेको छ, सिकेको छ उसैको जीवन सार्थक हुन्छ ।
  • विनम्रता नै सबै गुणको आधारशिला हो । यसैबाट अन्य गुणको विकास हुने गर्छ । त्यसैले ज्ञानी र गुणी हुन चाहनेले पहिले विनम्र हुन जान्नुपर्छ ।
  • सही सुन्दरता भनेको मनको सुन्दरता हो, जुन टिकाउ हुन्छ । त्यस्तै जवानीको सुन्दरता भनेको फूलेको फूल जस्तो हो, जुन कति बेला ओइलाउँछ पत्तै हुँदैन ।
  • गङ्गामा डुबुल्की मार्दैमा धर्म हुने भए दुनियाँमा माछा र भ्यौता जति धार्मिक कोही हुने थिएनन् ।
  • शरीरमा खरानी घस्दैमा सन्यासी हुने भए कुकुर, सुङ्गुर र गधा जति सच्चा सन्यासी कोही हुने थिएनन् ।
  • जसले आफ्नो लागि मात्र पकाएर खाने गरेको हुन्छ उसले आफ्नै पाप खाइरहेको हुन्छ ।
  • कसैले ब्रत बसेर भगवान्लाई खुसी पारेको छु भन्ने गरेको छ भने त्यो उसको मनोभ्रम बाहेक केही होइन । वास्तवमा उनीहरूले आफ्नै मासु खाइरहेका हुन्छन् ।
  • पूजा गर्ने हातभन्दा कर्म गर्ने हात महान् हुन्छ ।
  • अरूलाई दोष दिनु भनेको आफैँ दोषी हुनुको प्रमाण हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com