खेलकुद समाचार

  • नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ ।
  • नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ ।
  • दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग २–३ गोलले पराजित भएपछि पेरिस सेन्ट जर्मेनले लगातार तेस्रो लिग वान उपाधि जितेको छ ।
  • वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।
  • काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
  • प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो ।
  • नेपाली राष्ट्रिय फुटबल टिमले इंगल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com