निर्देशक सुदर्शन थापाविरुद्ध डेढ करोड ठगी मुद्दा

  • फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
  • प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
  • २१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।
  • अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।
  • विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com