बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।
यस्ता छन् उच्च रक्तचाप हुन नदिने उपायहरु
- नून कम खाने
- फलफूल र सागसब्जी दैनिक रुपमा प्रशस्त खाने
- मांशहारी र अन्य जनावरबाट प्राप्त हुने खाना र जैकफुडहरु नखाने
- सुर्ति चुरोटका सेवन नगर्ने
- मदीरापान नगर्ने वा न्यून गर्ने