- रियलमीको नयाँ फोन रियलमी १२ प्रो प्लस दराजमा अग्रिम बुकिङका लागि उपलब्ध भएको छ । ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रेजोलुसन भएको यस फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।
- रियलमी १२ प्रो प्लसको खरिदमा ग्राहकले फ्रि डेलिभरी सुविधा पाउनेछन् । त्यसबाहेक यो फोन खरिद गर्ने ग्राहकले टी-१०० इयरबड नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।
- कम्पनीका अनुसार दराजबाट खरिद गर्ने ग्राहकले एक हजार रुपैयाँको डिस्काउन्ट भौचर पाउनेछन् ।
- यो अफर १९ जेठदेखि सुरु भएको हो । ग्राहकले माथि भनिएका अफरहरू २३ जेठसम्म फोन खरिद गर्दा पाउनेछन् ।
रियलमी १२ प्रो प्लस प्रि-अर्डर गर्ने ग्राहकलाई इयरबड र अन्य उपहार घोषणा
