परीक्षा कसरी दिने ? बालबालिकाले ध्यान दिनुपर्ने कुराहरु ,
परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने
पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने
आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने
पढ्दै गर्दा समय–समयमा ब्रेक लिने। शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने
सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने
परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने
परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने
परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो बासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने
पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने
कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुनेभएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने
परीक्षा हलमा मुस्कान सहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने
उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने
प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने