स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरी देशकै उत्कृष्ट अस्पताल बन्न सफल भक्तपुर अस्पतालको स्तर वृद्धिमा नयाँ भवनको योगदान रहने स्वास्थ्य मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।