हलिउड अभिनेता जोनी वेक्टरको लस एन्जलसमा गोली हानी हत्या भएको छ ।

  • अमेरिकी सहर लस एन्जलसमा लुटपाटको क्रममा लुटेराहरुले हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या गरेका छन् । लस एन्जलस टाइम्सका अनुसार ‘जनरल हस्पिटल’ फेम्ड अभिनेतामाथि शनिबार गोली प्रहार गरिएको हो ।
  • गोली लागेलगत्तै नजिकको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको मृत्यु भयो । रिपोर्टका अनुसार चोरीको प्रयास गर्दा चोरहरुले अभिनेतामाथि गोली हानेका थिए ।
  • अमेरिकी सञ्चारमाध्यमका अनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । जोनीका एजेन्ट डेभिड शलले उनको मृत्युको खबर पुष्टि गरेका छन् ।
  • अभिनेता वेक्टर ‘जनरल हस्पिटल’मा ब्रान्डो कोर्बिनको भूमिकाका लागि सबैभन्दा बढी परिचित थिए । २०० भन्दा बढी एपिसोडमा देखा परेका उनी यो सिरिजमा लागूऔषध दुर्व्यसनी साशा कोर्बिनको पतिको भूमिकामा देखिएका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com