कलेजो कसरी स्वस्थ राख्ने ?

कलेजो शरीरको यस्तो अंग हो, जसलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु निकै श्रेयस्कर मानिन्छ । सामान्य स्वस्थकर जीवनशैली र खानपान अपनाएर कलेजो स्वस्थ राख्न सकिन्छ ।
अस्वस्थकर खानपानका कारण हाम्रो शरीरमा टक्सिन छिर्ने गर्छ । यो सुरुमा कलेजोमै जान्छ । अनि कलेजोले यसलाई प्रोसेस गरेर शरीरबाहिर निकाल्छ ।
कलेजोलाई स्वस्थ राख्न मद्यपान वा धूमपान गर्नै हुन्न, गर्ने नै भए मात्रा घटाउनुपर्छ । अत्यधिक मद्यपानका कारण कलेजोको सिरोसिस हुने खतरा हुन्छ ।
कलेजोलाई स्वस्थ राख्न पर्याप्त निद्रा पनि आवश्यक मानिन्छ । दिनहुँ ६ घण्टाभन्दा कम निदाउने गर्दा हाम्रो मेटाबोलिज्म प्रभावित हुन्छ ।
यसले गर्दा कलेजोसम्बन्धी रोग हुने जोखिम बढ्छ । अर्को कुरा, तनाव लिनु हुँदैन । तनावले कलेजोको कार्य क्षमतासमेत प्रभावित गर्छ । अनि पाचन प्रक्रिया गडबड हुन थाल्छ ।
कलेजोलाई स्वस्थ राख्न ताजा फलफूल, हरियो सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । दिनहुँ पर्याप्त पानी खानुपर्छ । फलफूलको जुस सेवन पनि लाभदायक हुन्छ ।
कलेजोलाई डिटक्सिफाई गर्न लसुन खानु उपयुक्त मानिन्छ । कलेजो स्वस्थ राख्न चुकन्दर, गाजर, मुलाजस्ता जरा भएका सब्जीहरू खानपानमा सामेल गर्नुपर्छ ।
यस्ता तरकारीमा हुने फ्लेभोनाइडले कलेजोको कोषिकालाई मर्मत गरेर त्यसलाई उपयुक्त रूपमा काम गर्न सघाउँछ ।
विश्वमा अचेल फ्याटी लिभरका धेरै बिमारी हुने गरेका छन् । त्यसको प्रमुख कारण हो, बढी कोलेस्ट्रोल भएको खाना खानु । खानपानमा बेसारको नियमित सेवन कलेजोका लागि फाइदाजनक मानिन्छ ।
यसले पाचन प्रणालीमा सुधार गर्छ, कलेजोको संक्रमणलाइ निको पार्छ ।
मोटोपनले कलेजोमा समस्या ल्याउन सक्छ । दिनहँु व्यायाम गर्नुपर्छ, तर पसिना निस्किने गरी । पसिना निस्कियो भने शरीरको सफाइ हुन्छ ।
साइकल चलाउनु, हिँड्नु, जगिङ गर्नु, घरबाहिर खेलने खेल खेल्नुजस्ता कार्यले कलेजोको स्वास्थ्यमा सकारात्मक भूमिका पार्ने गर्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com