प्रोस्टेट के हो ? यो समस्या कसलाई हुन्छ ?

प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ ।यसको मुख्य काम वीर्य स्वस्थ राख्ने हो ।

कसलाई हुन्छ प्रोस्टेटको समस्या ?

प्रोस्टेटको समस्या कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्ने समस्या हो । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या बढी देखा पर्ने गरेको छ ।

कसरी थाहा पाउने ?

यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ ? यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ ।

उपचार विधि

प्रोस्टेटको उपचार औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार हुन्छ । सामान्य समस्यालाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ ।

प्रोस्टेटको समस्या र खानपान

प्रोस्टेटको समस्या देखा पर्ना साथ जीवनशैली परिवर्तन गर्नुपर्छ । यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ ।

फलफूल र तरकारी नताछी खाने र काँक्रो, गाँजर, मूला र चुकन्दर नियमित सलादको रूपमा खानु प्रोस्टेटका बिरामीका लागि राम्रो मानिन्छ । प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com