एएफसी यू-२० एसियन कप छनोटमा उज्वेकिस्तान

  • एएफसी यू-२० एसियन कप छनोटमा नेपाल साविक विजेता उज्वेकिस्तान रहेको समूह्य ‘बी’मा परेको छ ।
  • मलेसियाको क्वालाल्मपुरमा बिहीबार भएको ड्र अनुसार नेपाल र उज्वेकिस्तानसहित चाइनिज ताइपेई र कम्बोडिया समूह ‘बी’ मा छन् ।
  • समूह बी का खेलहरु चाइनिज ताइपेईमा आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ ।
  • नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर २३ मा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै सेप्टेम्बर २५ मा उज्वेकिस्तान र सेप्टेम्बर २७ मा बहराइनसँग खेल्नेछ ।
  • यू-२० एसियन कप छनोटमा एसियाका ४५ टिमलाई १० समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत पाँच समूहमा ५-५ तथा पाँच समूहमा ४-४ टोली समावेश छन् ।
  • दश समूहको समूह विजेता र रउत्कृष्ट पाँच उपविजेता टिम अन्तिम चरणमा छनोट हुनेछन् । चीन आयोजकको रुपमा स्वत: छनोट भइसकेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com