प्रेरक भनाई

  • तपाईको गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।
  • झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।
  • आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।
  • हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।
  • जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।
  • जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।
  • बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।
  • मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।
  • त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।
  • मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।
  • जिन्दगीलाई होइन, एउटा राम्रो जिन्दगीलाई महत्व देउ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com