रोचक जानकारी (चमेरा किन उल्टो झुन्डिन्छन्)

चमेरो एकमात्र यस्तो स्तनधारी जीव हो जो उड्न सक्छ। विश्वभरमा चमेराको हजार भन्दा धेरै प्रजाति छन्। ती मध्ये केही चमेरा यस्ता पनि हुन्छन्, जसले रगत पिउँछन्।

यही कारण उनीहरुलाई ‘पिशाच चमेरो’ पनि भनिन्छ। वैज्ञानिकहरुका अनुसार चमेरो आजभन्दा दश करोड वर्ष पहिला अर्थात डायनासोरको पालामा नै धर्तीमा थियो, र आज पनि छ। जो आफैंमा अनौठो विषय हो।

आखिर चमेरो किन उल्टो झुण्डिन्छन् रु यसका पछाडि एउटा कारण अनुसार उल्टो गरी झुण्डिँदा सजिलै उडान भर्न सकिन्छ । अन्य पंक्षी जसरी चमेरोले जमिनबाट उडान भर्न सक्दैन।

किनभने चमेराले पखेटा आफैं उठाउन सक्दैन, जति उड्नको लागि आवश्यक हुन्छ। त्यस बाहेक उसको पछाडिको खुट्टा पूर्ण रुपमा विकसित भएका हुँदैनन्।

जसका कारण दौडिएर गति समाउन सक्दैन। त्यसो भए चमेरो सन्तुलन गुमाएर किन लड्दैनन् भन्ने प्रश्न आउन सक्छ।

त्यसको पछाडिको कारण के हो भने चमेरोको खुट्टाको नशा यस्तो व्यवस्थित हुन्छन् कि चमेरोको वजनले खुट्टालाई बलियोसँग समाउन मद्धत गर्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com