- ‘लण्डन टु पेरिस’ को रिलिज मिति नजिकिएसँगै निर्माताले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यो मेसोमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘कास्ट एन्ड क्रू’ले मिडियासँग फिल्मबारे सवालजवाफ गरे ।
- बेलायतको लण्डनदेखि फ्रान्सको पेरिससम्मको यात्रामा हुने प्रेम र त्यस वरपर घुम्ने सम्बन्धको उतारचढाव वरपर फिल्म केन्द्रित छ ।
- यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’जस्ता ग्रामीण कथावस्तुका फिल्म निर्देशन गरेका घनश्याम लामिछानेले यसपटक सहरको कथा, त्यसमा पनि ‘डायस्पोरा’लाई फिल्मको मुख्य विषय बनाएका छन् ।
फिल्म ‘लण्डन टु पेरिस’
