- क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
- लिगको अन्तिम खेलमा अल-इतिहाड विरुद्ध २ गोल गर्दै रोनाल्डोले एकै सिजन ३५ गोलको कीर्तिमान बनाए ।
- उक्त खेलमा रोनाल्डोको टोली अल नासेर ४-२ ले विजयी भएको थिए ।
- ३९ वर्षीय रोनाल्डोले यसअघि अब्देराजाक हमदाल्लाले सन् २०१८-१९ मा राखेको ३४ गोलको कीर्तिमान तोडेका हुन् ।
- सन् २०२३ जनवरीमा म्यानचेष्टर युनाइटेड छाडेर साउदी पुगेका पोर्चुगिजका फरवार्ड रोनाल्डो अल नासेरका लागि सबै खाले प्रतियोगितामा ६९ खेलमा ६४ गोल गरेका छन् ।
रोनाल्डो बने टप स्कोरर साउदी लिगमा
