- ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
- मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।
- मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जना मृत्यु र १ जना घाइते