बेल्जियमको फुटबल टोली घोषणा

  • आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ ।
  • मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा अनुभवी खेलाडी जोन भर्टोङगन, रोमेलु लुकाकु र केभिन डे ब्रुएना समावेश छन् । तर अनुभवी गोलकिपर टिबाउथ कोर्तवा भने टिममा छैनन् ।
  • चोटका कारण यसअघि नै प्रशिक्षक टेडेस्कोले कोर्तवा युरो खेल्ने टिममा नपर्ने जनाइसकेका थिए ।
  • बेल्जियमसँग युरो २०२४ का लागि जुन ७ सम्मको समयसीमा अघि एक खेलाडी थप्ने विकल्प छ ।
  • समूह ई मा बेल्जियम, रोमानिया, युक्रेन र स्लोभाकिया छन् । बेल्जियमले  जुन १७ मा फ्रान्कफर्टमा स्लोभाकिया विरुद्ध खेल्दै युरो सुरु गर्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com