नेपाल र युएईबीचको फुटबल खेल

  • फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।
  • समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com