प्रेरक भनाई

  • सन्तोषभन्दा ठूलो सुख अर्को छैन ।
  • क्षमा, दया, सरलता, पवित्रता र सत्यतामा रहनु भनेको अमृत पान गरे सरहको अवस्थामा पुग्नु हो ।
  • सत्कर्मले कमाएको धन नै सच्चा धन हो ।
  • सही आनन्द त्यतिबेला पाइन्छ, जतिबेला आफ्नो सबै शक्तिलाई न्याय र विवेकपूर्ण कार्यमा लगाउन सकिएको हुन्छ ।
  • जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।
  • जसले प्रतिकुल परिस्थितिमा शत्रुलाई पनि सम्मान गर्न जानेको छ, सकेको छ, सिकेको छ उसैको जीवन सार्थक हुन्छ ।
  • सही सुन्दरता भनेको मनको सुन्दरता हो, जुन टिकाउ हुन्छ ।
  • जसले आफ्नो लागि मात्र पकाएर खाने गरेको हुन्छ उसले आफ्नै पाप खाइरहेको हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com