मलाइका अरोरा र अर्जुन कपुर अलग भए

  • बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् ।
  • उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ ।
  • अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भयो, जब उनीहरु एकसाथ एक फेसन शोमा सँगै देखिए ।
  • मलाइकाको ४५ औं जन्मदिनमा उनीहरुले सम्बन्धलाई सार्वजनिक गरे । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले । ‘कफी विथ करण’मा अर्जुनले प्रेम जीवनलाई नयाँ योजनामा लैजानेबारे कुरा गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com