- एप्पल भिजन प्रोमा स्पेसल कम्प्युटरको विशेषता छ । यो भनेको भिजन प्रोले म्याककै स्क्रिन आँखा अगाडि ल्याइदिन्छ ।
- भिजन प्रो हेडसेटले म्याकको स्क्रिन तपाईंले चाहेको ठाउँमा लगाइदिन सक्छ । अर्थात् यसले अगमेन्टेड रियालिटीको कम्प्युटिङ एक्सपिरियन्स दिन मद्दत गर्छ ।
- त्यसबाहेक गोपनीयताको सन्दर्भमा पनि यो अगाडि छ ।
- तपाईंले म्याकलाई भिजन प्रोमा कनेक्ट गर्नासाथ म्याकको स्क्रिन बन्द हुन्छ र उक्त स्क्रिन भिजन प्रोमा देखिन्छ । जसले गर्दा तपाईं बाहेक म्याकको स्क्रिन अरू कसैले देख्न पाउँदैनन् ।
स्क्रिन बिनाको ल्यापटप सार्वजनिक