- ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।
- यसअघि एक फिल्ममा अनुबन्धित भएपनि भिसा प्रक्रियाको कारण उनी पछि उक्त प्रोजेक्टबाट बाहिरिएका थिए ।
- फिल्ममा रिहानको संलग्नताबारे निर्देशक कँडेलले दुबै मुलुकका लागि यो लाभदायक हुने बताए । फिल्ममा उनले मानव नामक चरित्र निर्वाह गर्नेछन् ।
- ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माता शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह-निर्माता सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।
रिहान गिरीले ‘होस्टेल ३’बाट फिल्ममा डेब्यु गर्दै