भारतीय लोकसभा चुनावको मतगणनामा कंगना रनौतको अग्रता

  • भारतमा ५४२ लोकसभा सिटको लागि मतगणना जारी छ । यस पटकको चुनावमा १४ कलाकारको राजनीतिक भविष्य दाउमा छ । यीमध्ये बलिउड अभिनेत्री कंगना रनौत सबैभन्दा बढी चर्चामा छिन् ।
  • हिमाचलको मण्डी सिटबाट पहिलो पटक चुनाव लडेकी कंगना ५० हजार ४९८ मतले अगाडि छिन् (मध्यान्हसम्म) । एक अन्तर्वार्तामा उनले चुनाव जितेमा फिल्मबाट सन्यास लिने बताएकी थिइन् ।
  • कंगनाबाहेक टेलिभिजन श्रृंखला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरुण गोविल मेरठबाट भाजपाको टिकटमा चुनाव लडिरहेका छन् ।
  • कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । उनले ४२ जति फिल्ममा काम गरेकी छन् । कंगनाले सन् २०२० मा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्स पनि सुरु गरिन् । उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com