कान्ये वेस्टविरुद्ध यौन उत्पीडनको मुद्दा दायर

  • अमेरिकी र्‍यापर  कान्ये वेस्ट फेरि एकपटक विवादमा मुछिएका छन् । पूर्व निजी सहायकले उनीविरुद्ध यौन उत्पीडनको मुद्दा दायर गरेकी छन् । आइतबार उनीविरुद्ध मुद्दा दायर भएको हो ।
  • रिपोर्टका अनुसार ती महिला सहायकले कान्येले फोनमा कुराकानी गर्दा हस्तमैथुन गर्ने गरेको पनि दाबी गरेकी छन् ।
  • फोनमा कुरा गरिरहँदा कान्येको बोलीचाली र हाउभाउ यकिन रहेको बताएकी छन् । कान्येले आफूसँग लिंगको आकारबारे पनि कुरा गरेको ती महिलाले दावी गरेकी छन् ।
  • कान्येले आफूलाई आफ्ना धेरै कम्पनीका लागि चीफ अफ स्टाफको रूपमा पदोन्नति गरेको पनि ती महिलाले अदालतलाई बताएकी छन् । यसका लागि उनले ४० लाख डलर पारिश्रमिक पाइरहेकी थिइन् । कान्येले उनलाई अक्टोबर २०२२ मा बर्खास्त गरेका थिए । आफ्नो बक्यौता रकम समेत नदिएको महिला बताउँछिन् 

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com