जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

  •  दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ ।
  • बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो ।
  • दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।
  • उनीहरूको उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com