- बलिउड अभिनेता शाहरुख खान फिल्म सुपरस्टार मात्र होइनन्, उनले आफ्नो गैरसरकारी संस्था मीर फाउण्डेसनबाट धेरै महिलाको जीवनस्तरमा पनि सुधार ल्याएका छन् । द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार, यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई भारतीय गृह मन्त्रालयले औपचारिक मान्यता समेत दिएको छ ।
- विदेशी योगदान दर्ता ऐनमा सूचीकृत गर्दै यो आइएनजीओलाई गृह मन्त्रालयले ५ वर्षको लागि अनुमति दिएको छ । यसको अर्थ, अब मीर फाउन्डेसनले विदेशी अनुदान प्राप्त गर्न सक्नेछ । भारतीय मूलका विदेशी नागरिकले पनि शाहरुखको यो फाउण्डेसनलाई सहायता पठाउन सक्छन् ।
- फिल्मको कुरा गर्दा, शाहरुख अभिनित ‘पठान’, ‘जवान’ र ‘डंकी’ ब्लकबस्टर भए । उनी अर्ब सुजोय घोषको फिल्म ‘किङ’मा छोरा सुहाना खानको सह-कलाकारको भूमिकामा देखिनेछन् ।
शाहरुख खानको एनजीओलाई भारत सरकारको अनुमति