प्रतिबन्ध खुलाइदिन टिकटकले नेपाललाई पठायो सातौं पटक पत्र

  • प्रतिबन्ध फुकुवा गराइदिन टिकटकले नेपाल सरकारलाई सातौं पटक पत्र पठाएको छ । १७ मेमा कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्राचार गर्दै टिकटक खुलाउन पुनः अनुरोध गरेको हो ।
  • नेपाल सरकारलाई बारम्बार प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै टिकटकले गुनासो गरेको छ । टिकटकका लागि दक्षिण एसियाका हेड अफ पोलिसी एन्ड गभरमेन्ट रिलेसन्स फेर्डोस मोत्ताकिनले पठाएको सो पत्रमा विगत आठ महिनादेखि कम्पनीले प्रतिबन्ध फुकाउन निरन्तर प्रयास गरिरहेको र सात पटकसम्म पत्र पठाएको उल्लेख छ ।
  • टिकटकमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गराएर आफूलाई नेपालको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पत्रमार्फत कम्पनीले अनुरोध गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com