भारतमा जन्मिएर पाकिस्तानलाई हराउने अमेरिकाको सुपर हिरो
आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै डेब्यू टी–२० विश्वकपमा विश्वमै सनसनी मच्चाएको छ । सुपर–८ को सम्भावना मजबुत पनि बनाएको छ ।
पाकिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुबैमा अमेरिका हाबी बन्यो । सबै खेलाडीको योगदान त्यति नै महत्वपूर्ण छ । त्यसमा सुपर ओभरमा बायाँहाते तीव्र गतिका बलर सौरभ नेत्रवालकर हिरो बने ।
उक्त लक्ष्य बचाउन अमेरिकाले सौरभलाई ल्यायो । पाकिस्तानी मुलका अली खानसँग विदेशी फ्रेन्चाइज लिग खेलको अनुभव थियो । योर्कर र गती पनि त्यति नै राम्रो थियो ।