- बलिउड अभिनेता अजय देवगणले आगामी फिल्म ‘सिंघम अगेन’को प्रदर्शन मितिबारे जानकारी दिएका छन् ।
- अजयले फिल्मको पोस्टर सेयर गर्दै फिल्म दिवाली (तिहार)मा रिलिज हुने जानकारी दिएका छन् । अहिले अजय तब्बुसँगको आगामी फिल्म ‘अरों मे कहाँ दम था’लाई लिएर व्यस्त छन्, जुन अर्को महिना प्रदर्शन तयारीमा छ ।
- यो फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन भएपनि उनलाई सबैभन्दा धेरै प्रश्न ‘सिंघम अगेन’बारे सोधिएको थियो ।
- फिल्ममा करिना कपुर खान, अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपुर र ज्याकी श्राफको पनि अभिनय छ ।
‘सिंघम अगेन’ तिहारमा आउने