- रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
- मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो ।
- गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।
- प्रहरी निरीक्षक शाहीका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु