- फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।
- लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ ।
पोर्चुगलको पुनरागमन जित